सुनको मूल्य हवात्तै घट्यो, तोलामा कति ? 

असार ३, काठमाडौं –  स्थानीय बजारमा पहेंलो धातुको मूल्य आइतबार पनि ओरालो लागेको छ। तोलामा रु ७०० ले ओरालो लागेर साताको पहिलो दिनको कारोवार सुरु भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९१ हजार ८०० मा कारोवार भएको छ। छापावाला सुन शुक्रबार तोलामा रु ९२ हजार ५०० मा कारोवार भएको थियो। यस्तै तेजाबी सुन शुक्रबारका तुलनामा तोलामा नै रु ७०० ले घटेको छ।

रु ९२ हजारमा शुक्रबार कारोवार भएको तेजाबी सुन आज तोलामा रु ९१ हजार ३०० मा कारोवार भएको छ। यस्तै चाँदी तोलामा रु ३० ले घटेको छ। रु एक हजार २६० मा शुक्रबार कारोवारर भएको चाँदी आज भने रु एक हजार २३० मा मूल्य निर्धारण भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*