हेटौंडा उपमहानगरपालिकाद्वारा हेटौंडा आँखा अस्पताललाई दश लाख रुपैयाँ सहयोग

असार ६, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा सामुदायिक आँखा अस्पताललाई दश लाख रुपैयाँ हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले आँखा अस्पतालमा आँखा जाँच गराउने मेसिन स्लीपल्याण्ड खरिद गर्नका लागि दश लाख रुपैयाँ हस्तान्तरण गर्नुभयो ।

अस्पतालमा मेसिन नहुँदा पहिले देखिनै बिरामी जाँच गराउन आउँदा लाइनमा वस्नुपर्ने बाध्यता रहेको र अब भने यो बाध्यता हटेको छ । मकवानपुर र आसपासका जिल्लाहरु, प्रदेश–२ का जिल्लाहरुबाट र भारतको रक्सोलबाट समेत आँखा अस्पतालमा आँखाको जाँच गराउन आउने बिरामी बढेकाले उनीहरुको सहयोगका लागि मेसिन खरिद गर्नका लागि दश लाख रुपैयाँ सहयोग गरिएको मेयर महतले वताउनुभयो ।

सामुदायिक आँखा अस्पताल प्रभाबकारी वन्दै गएको र यसको सहयोग स्थानीय सरकारले पनि गर्नुपर्छ भन्ने उदेस्यले बार्षिक बजेटबाट यो रकम हस्तान्त्रण गरिएको हो । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, लेखा अधिकृत जेकप श्रेष्ठ, सूचना अधिकृत भानुभक्त थपलीया, आखा अस्पतालका संरक्षक शिद्धीलाल श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*