नेप्से परिसूचक ७४.३० अंकले घटेर २८९४.१३ अंकमा

६ असार, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो (ठूलो अंकको गिरावट) आएको छ । कारोबार सुरु भएको केहि मिनेटसम्म उकालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक बजार बन्दा हुँदा उच्च अंकको गिरावट देखियो ।

३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से परिसूचक आइतबार २ हजार ९ सय भन्दा पनि तल झरेको छ । नेप्सेमा कारोबार हुने अधिकांक कम्पनीहरुको सेयर मूल्य घटेर बजार समूहगत सवइन्डेक्सहरु सबै राताम्मे देखिएका छन् ।

नेप्से परिसूचक ७४ दशमलव ३० अंकले घटेर २ हजार ८ सय ९४ दशमलव १३ अंकमा झरेको छ । नेप्से परिसूचक ठूलो अंकले घट्दा कारोबार रकम भने यस अघिको कारोबार भन्दा थोरै सुधारिएको छ । गत बिहीबार ११ अर्ब भन्दाकमको कारोबार भएकोमा आइतबार भने साढे ११ अर्ब हाराहारीमा कारोबार भएको छ ।

आइतबार अत्यन्तै कममात्रै कम्पनीहरुको सेयर मूल्य बढेको छ । आज बढ्नेमा ऋणपत्रहरु देखिएका छन् भने धेरै गुमाउनेहरुमा फाइनान्स र विकास बैंक समूह देखिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*