मकवानपुरका स्थानीय तहले आज बजेट पेस गर्दै

असार १०, हेटौंडा । देशैभरीका स्थानीय तह जस्तैगरी मकवानपुरका स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा आज प्रस्तुत गर्दैछन् । मकवानपुरका सबैजसो स्थानीय तहले आज बजेट पेस गर्न लागेका हुन् ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनमा सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । आजै बजेट ल्याउनुपर्ने कानूनी बाध्यताका कारण यसको सबै तयारी स्थानीय तहले पूरा गरेका छन् । मकवानपुरका सबैजसो स्थानीय तहले आज दिउसो बजेट प्रस्तुत गर्ने कार्यतालिका बनाएका छन् ।

स्थानीय तहका जनप्रतिनिधिका लागि यस वर्ष बजेट निर्माण गर्ने अन्तिम वर्ष हो । त्यसैले विगतको चुनावमा गरेको वाचा पूरा गर्ने र आगामी चुनावमा जनतालाई प्रभावित बनाउने खालको बजेट आउने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*