फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

हेटौैंडा, असार १० – सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर २–२ रुपियाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० डलर प्रतिकिलोलिटरले बढाएको हो ।

मूल्य बढेपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर एक सय २७ रुपियाँ, डिजेल तथा मट्टीतेल एक सय १० रुपियाँ र आन्तरिक हवाई इन्धन ८२ रुपियाँ प्रतिलिटर पुगेको छ ।

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर सात सय ३५ डलर पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*