थाहाको लागि ९५ करोड ६४ लाख बजेट

असार १०, हेटौंडा । मकवानपुरका एकमात्र नगरपालिका थाहा नगरपालिकाले आर्थिक वर्ष २०७८र७९ को लागि ९५ करोड ६४ लाख ३२ हजार रुपैयाको बजेट ल्याएको छ ।

नगरपालिकाको नवौ नगरसभामा उपप्रमुख खड्ग बहादुर गोपालीले आर्थिक वर्ष २०७८र७९ को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट प्रस्तुत गरेका हुन् । नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को लागि अन्तरिक स्रोत तर्फ ११ करा ८८ लाख ४९ हजार, राजश्व बाडँफाँड तर्फ १६ करोड ५३ लाख ४९ हजारको बजेट पेश गरेको हो । त्यस्तै संघीय सरकारबाट अनुदान ५७ करोड ५५ लाख, प्रदेश सरकारबाट अनुदान ९ करोड ६७ लाख ३४ हजार गरि जम्मा ९५ करोड ६४ लाख ३२ हजारको बजेट बाँडफाँड गरिएको उपप्रमुख गोपालीले जानकारी दिए ।

जसमध्ये चालु खर्चतर्फ रु ८ करोड ५७ लाख ४५ हजार र पुँजीगत तर्फ ४२ करोड ७५ लाख ८१ हजार, सशर्ततर्फ ३२ करोड ३१ लाख ६ हजार, सामाजिक सरुक्षा तर्फ १२ करोड गरी जम्मा ९५ करोड ६४ लाख ३२ हजार खर्च पेश भएको हो । थाहाले नयाँ कार्यक्रम भन्दा पनि अघिल्लो वर्षका कार्यक्रमलाई निरन्तरता दिएको छ । युवा लक्षित कार्यक्रममा पालिकाको ध्यान जान सकेको छैन भने कोरोना नियन्त्रण नगरको प्राथमिकतामा रहेको छैन् ।

थाहाले पुर्वाधार निर्माणमा शुद्ध पिउने पानी, हाम्रो जिन्दगानी’ भन्ने नाराको साथ नगरका सबैघरमा सभंव भएसम्म ‘एकघर, एक धारा’ पु¥याउन कार्यक्रमलाई निरन्तरता दिएको छ । त्यस्तै अघिल्लो वर्षको १२ वटै वडाका वडा सडकको रुपमा विकसित गरी तीन वर्ष भित्र प्रति वडा ५ किलो मीटरको दरले ६० किलोमीटर सडक पक्की गर्ने कामको शुरुवात गरिएकोमा बजेट अभावका कारण काम सम्पन्न हुन नसकेकोले यस्ता योजनाहरु प्राथमिकतामा राखी सडक पक्की गर्ने कार्यलाइसमेत निरन्तरता दिइने बताएको छ ।

त्यस्तै थाहा४ मा रहेको नार्खु ढाँडमा बसपार्क र नयाँगाउँमा थाहा स्मारकलाई पुरा गर्ने, नगरभरका काठको पोल विद्युत भएका स्थानमा फलामे पोल राख्ने,थाहा ३ स्थित काला भैरव चौरमा संचालन भैरहेको थाहा शीतभण्डार निर्माण कार्य अन्तिम चरणमा पुगेको र कोिभड–१९ का कारण काममा कहेी ढिलाई भएकोले आगामि वर्षमा शीतभण्डार निर्माण सम्पन्न गर्ने र सघंीय सरकारबाट थानकोट–चित्लाङ सुरुङमार्ग निर्माण गर्नका तत्काल शुरुवातकोलागि पहल गरिने र थाहा नगरपालिकाको सडक चक्रपथ निर्माण गर्न संघीय सरकार र प्रदेश सरकारसंगसमन्वय गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने जस्ता योजना प्राथमिकतामा रहेका छन् ।

त्यस्तै आर्थिक विकासका लागि कृषि सहकारी÷कृिषफर्म मार्फत कृषकलाई कृषि सामानमा आग्रा र टिष्टुङलाई ७० प्रतिशत वडा नम्बर ५ लाई ६० प्रतिशत र अन्य वडाहरुलाई ५० प्रतिशत अनुदान दिने व्यवस्था ल्याइएको छ । उत्कृष्ट कृिष उत्पादकलाई पुरस्कृत गरिने र एक गाउँ एक प्राविधिक कार्यक्रमलाई निरन्तरता दिइनेछ । थाहानगरमा औद्योगिक ग्राम स्थापनाको लागि कार्य शुरुवात भैसकेकोले आगामि वर्षमा सम्पन्न गरी संचालनमा ल्याइने र कृिष र पर्यटन उद्योग संचलन गर्न अनुदान दिइने बताएको छ ।

तरकारी र आलु उत्पादनमा प्रसिद्धी पाइरहेको सन्दर्भमा आलु उत्पादनलाई थप बढवा दिन ‘बीउ सुरक्षा कार्यक्रम’ संचालन गरिरहेकाले सहकारी संस्थाहरु मार्फत आगामि तीन वर्ष भित्रमा नगरका सबै किसानलाई मागको आधारमा आलुको विउ वितरण गरी बीउमा आत्मनिर्भर गराइने बताइउको छ । त्यस्तै सामाजिक विकासमा विद्यालयहरुलाई प्रविधिमैत्री बनाइने बताइएको छ । स्थानीय पहिचान सहितकोपाठ्यक्रम तयार भई कक्षा ५ सम्मका ेअध्ययन शुरु भैसकके र आगामि आर्थिक वर्षमा कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने बताइएको हो ।नगरभित्र आवासिय विद्यालय संचालनको लागि पहल गरिने छ ।

पालङु प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गरिने छ ।कोभिड–१९ का विरामीहरुलाई अस्पताल आउन जान एम्बुलेन्स भाडामा ५० प्रतिशत छुट र अतिविपन्न नागरिकहरुलाई वडा कार्यालयको सिफारिसको आधारमा निःशुल्क गर्ने व्यवस्था मिलाइने छ । नेपाल सरकारलेकढा रागे भनी पहिचान गरिएका ८ वटा कडा रोग लागेका विरामीहरु एम्बुलेन्समा आउँदा जाँदा वर्षमा ४ पटक सम्मका लागि एम्बुलेन्स भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

थाहाले खेलकुदमा मकवानपुर जिल्ला स्थानीय तह अन्तराष्ट्रिय फुटबल प्रतियोगितालाई निरन्तरता दिइने बताएको छ साथै नगरक्षेत्रमा विभिन्न खेलको आयोजना गर्ने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*