हेटौंडा उपमहानगरपालिकाको लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजारको बजेट

असार १०, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आउँदो आर्थिक वर्ष २०७८र७९ को लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपँयाको बजेट ल्याएको छ । उपमहानगरको नवौ नगरसभामा उपप्रमुख मिनाकुमारी लामाले आउँदो आर्थिक वर्ष २०७८र७९ को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपँयाको बजेट प्रस्तुत गरेकी हुन् ।

उपप्रमुख लामाका अनुसार पुर्वाधार विकास तर्फ १ अर्ब ३० करोड ६० लाख ७६ हजार, आर्थिक विकासतर्फ १२ करोड ९८ लाख, सामाजिक विकासतर्फ ६३ करोड ९२ लाख ९९ हजार, स्वास्थ्यतर्फ ८ करोड ६१ लाख १० हजार, संस्कृति प्रवर्द्धनतर्फ २ करोड ३७ लाख, खेलकुद तथा मनोरञ्जनतर्फ ३ करोड ७२ लाख ८० हजार, लैंगिक समानता तथा सामाजिक समावेशीकरणतर्फ ३ करोड ७ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५ करोड ४४ लाख २२ हजार र संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ १ करोड ९१ लाख बजेट विनियोजन गरिएको छ ।

यसैगरि उपप्रमुख लामाका अनुसार आन्तरिक स्रोतबाट २४ करोड ३८ लाख ७५ हजार, राजस्व बाँडफाँडबाट ५६ करोड ८ लाख ८१ हजार, प्रदेश सरकारको विभिन्न अनुदानबाट १२ करोड ६६ लाख ९६ हजार, संघीय सरकारको अनुदान १ अर्ब २ करोड १ लाख, नगर विकास कोषबाट ऋण अनुदान ९ करोड र गत बर्षको नगद मौज्दातबाट ५६ करोड रुपँयाको व्यवस्थापन गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*