मकवानपुरको सबै स्थानीय तहले ल्यायो बजेट

हेटौंडा, असार ११ । मकवानपुरको १० वटै स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याएका छन् ।

स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था अनुसार बिहिबार जिल्लाका १० वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८र७९ को नीति, कार्यक्रम र बजेट ल्याएका हुन् ।

जिल्लामा सबैभन्दा बढी बजेट हेटौंडा उपमहानगरपालिकाले ल्याएको छ । हेटौंडाले आगामी आर्थिक वर्षको लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपँयाको बजेट ल्याएको छ । बिहिबार उपमहानगरको नवौ नगरसभामा उपप्रमुख मिनाकुमारी लामाले आउँदो आर्थिक वर्ष २०७८र७९ को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपँयाको बजेट प्रस्तुत गरेकी हुन् ।

यसैगरि जिल्लाको उत्तरी क्षेत्र स्थित इन्द्रसरोबर गाउँपालिकाले सबैभन्दा कम बजेट प्रस्तुत गरेको छ । इन्द्रसरोबर गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ३८ करोड ४१ लाख ५९ हजार ७ सय २६ रुपँयाको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको नवौ गाउँ सभामा उपाध्यक्ष उमा कुमारी लामाले आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रममा उक्त बजेट विनियोजन गरिएको जानकारी दिईन् ।

यसैगरि जिल्लाको थाहा नगरपालिकाले आर्थिक वर्ष २०७८र७९ को लागि ९५ करोड ६४ लाख ३२ हजार रुपैयाको बजेट ल्याएको छ । नगरपालिकाको नवौ नगरसभामा उपप्रमुख खड्ग बहादुर गोपालीले आर्थिक वर्ष २०७८र७९ को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट प्रस्तुत गरेका हुन् ।

यसैगरि जिल्लाको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ६२ करोड ८३ लाख ७८ हजार ७ सय १८ रुपँया ९६ पैसाको बजेट ल्याएको छ । बिहिबार गाउँपालिकाको सातौ गाउँसभाको बैठकमा गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले नीति,कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आउँदो आर्थिक वर्ष २०७८र७९ को लागि ६२ करोड ८३ लाख ७८ हजार ७ सय १८ रुपँया ९६ पैसा को बजेट विनियोजन गरिएको जानकारी दिईन् ।

यसैगरि जिल्लाको मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०७८र७९ को लागि ६२ करोड ९२ लाख १७ हजार ५ सय रुपँया बजेट ल्याएको छ । यसैगरि राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष २०७८र०७९ को लागि कुल ५४ करोड ७३ लाख २० हजार रुपँयाको बजेट प्रस्तुत छ । यसैगरि जिल्लाको कैलाश गाउँपालिकाले ४५ करोड ९६ लाख ८ सय ४३ रुपँयाको बजेट सार्वजनिक गरेको छ । यसैगरि मनहरी गाउँपालिकाले ८३ करोड ६७ लाख ४६ हजारको बजेट सार्वजनिक गरेको छ ।

यसैगरि जिल्लाको पूर्वी क्षेत्र स्थित बागमती गाउँपालिकाले ५३ करोड ६६ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको छ । यसैगरि जिल्लाको भीमफेदी गाउँपालिकाले ६५ करोड ४१ लाख ९९ हजारको बजेट सार्वजनिक गरेको छ । स्थानीय तहहरुले सार्वजनिक गरेको नीति,कार्यक्रम तथा बजेटमा सडक पूर्वाधार विस्तार र स्तरोन्नती,शिक्षा, कृषि र पशु क्षेत्रको उत्पादन बृद्धि, बालमैत्री, अपाङ्गता मैत्री, वातावरण मैत्री,वातावरण तथा विपद व्यवस्थापनको माध्यमबाट दिगो विकास गर्ने,कृषि क्षेत्रलाई प्रोत्साहन,सरसफाई,खानेपानी,सांस्कृति प्रवद्र्धन,स्वास्थ्य सेवाको विकास,भवन तथा सहरी विकास गर्ने विस्तार केन्द्रित रहेको छ ।

स्थानीय तहहरुले सङ्घीय र प्रदेश सरकारले समानीकरण अनुदान, समपुरक, राजस्व बाँडफाँटबाट प्राप्त अनुदान, विशेष र ससर्त अनुदानबाट नीति, कार्यक्रम तथा बजेट ल्याउने गर्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*