मकवानपुरगढीको लागि ६२ करोड ९२ लाखको बजेट

मकवानपुर, असार ११ – मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०७८र७९ को लागि ६२ करोड ९२ लाख १७ हजार ५ सय रुपैयाँ बजेट ल्याएको छ ।

पालिकाको सातौँ गाँउसभामा आर्थिक वर्ष २०७८र७९ को लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत भएको हो । गाउँपालिकाले विनियोजन गरेको बजेटको पुँजिगत खर्च ३२ करोड ६९ लाख ४७ हजार र चालू खर्च २७ करोड ५ लाख ६० हजार रुपैयाँ रहेको छ ।

पालिकाले आर्थिक वर्ष २०७८र७९ को लागि जम्मा आयतर्फ ६२ करोड ९२ लाख १७ हजार ५ सय हुने अनुमानित आय पेश गरेको छ । त्यस्तै कुल बजेटको पुजीगततर्फ ३२ करोड ६९ लाख ४७ हजार अर्थात (५४ दशमलव ७१ प्रतिशत) र चालु तर्फ २७ करोड ५ लाख ६० हजार अर्थात ९४५.२९ प्रतिशत० गरी कुल व्यय रु. ६२ करोड ९२ लाख १७ हजार ५ सयको व्यय अनुमान पेश गरेको छ ।

पालिकाले चालु आर्थिक वर्षको २०७८ असार ८ सम्मको प्रगतीको मुल्याकंन गर्दा हालसम्म पुँजिगत तर्फ ४६ दशमलव ५७ प्रतिशत अर्थात १७ करोड ८७ लाख रकम खर्च भएको देखिन्छ भने चालु तर्फ ५३ दशमलव ०३ प्रतिशत अर्थात १७ करोड २७ लाख रकम खर्च भएको देखिन्छ । चालु र पुजिँगतको खर्च प्रतिशत औषतमा ५० प्रतिशत हुन आउँछ । यो खर्चको हेर्दा आर्थिक वर्षको अन्त्य सम्ममा पुजिँगत तर्फ ८० प्रतिशत भन्दा बढि प्रगति हुने अपेक्षा गाउँपालिकाले गरेको छ ।

गत आर्थिक वर्ष ०७६र७७ को बजेटमा ६३ करोड ५४ लाख ५१ हजार रकम सहितको बजेट विनियोजन गरी योजनाहरु सञ्चालन गरेकोमा मकवानपुर जिल्लामै स्थानीयह तहहरु खर्च प्रगतिमा दोश्रो स्थान अर्थात ८१ दशमलव ४३ अर्थात ५१ करोड ७४ लाख ६३ हजार खर्च सहित उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएकोले कार्य सम्पादन मुल्याकंनको आधारमा गढी गाउँपालिकाले जिल्ला समन्वय समिति मकवानपुरबाट तेश्रो पुरस्कार प्राप्त गर्न सफल भएको थियो । जसबाट आगामी आर्थिक वर्षका लागि प्रोत्साहनस्वरुप थप ५५ लाख रकम प्राप्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*