सुनको मूल्य घट्यो, तोलामा कति ?

असार १५, काठमाडौँ– आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको थियो । आज तेजावी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले ओरालो लाग्दै घटेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*