दोस्रो घण्टा नेप्से २२.४५ अंकले लाग्यो ओरालो

काठमाडौं, असार १५ – आज साताको तेस्रो दिन (मंगलबार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक २२.४५ अंकले घटेर २८५३.०५ विन्दुमा पुगेको छ । कारोबारको दोस्रो घण्टामा ०.७८ प्रतिशतले घटेको हो ।

दोस्रो घण्टाको अवधिमा २१६ ओटा कम्पनीको ३२ हजार २४४ पटकको कारोबारमा ५३ लाख ३ हजार ४४७ कित्ता शेयरको रू. २ अर्ब ७६ करोड ४८ लाख बराबरको कारोबार भएको छ ।

यस अवधिसम्म नेशनल हाइड्रोपावर को सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू २६ करोड ४१ लाख बराबरको शेयर कारोबार भएको छ ।

आज २१६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ५६ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १२० शेयरमूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*