सुधारियो सेयर बजार, परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

असार १७, हेटौंडा – बिहीबार सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम पनि बढेको छ।

यस दिन परिसूचक १९ अंकले बढेर २८४३ अंकमा कायम भएको छ। कारोबार रकम पनि बढेको छ। हिजो जम्मा ५ अर्ब ८३ करोडको सेयर किनबेच भएकोमा आज ६ अर्ब ७० करोड पुगेको छ।

यस दिन निर्जीवन बीमाबाहेकका सबै समूह बढेका छन्। सो समूह ५ अंकले घटेको छ। बैंकिङ ३, ब्यापार १९, होटल तथा पर्यटन १३८, विकास बैंक १५२, जलविद्युत २१, फाइनान्स ६३, उत्पादन २, अन्य ३६, माइक्रोफाइनान्स २, जीवन बीमा ७४ र लगानी समूह १ अंकले बढ्यो।

यस दिन ओरेन्टल होटलको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ। ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, गुडविल फाइनान्सको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढ्यो। बेष्ट फाइनान्सको मूल्य ८ प्रतिशतले बढेको छ भने जोशी हाइड्रोको मूल्य ७ प्रतिशतले बढेको छ।

यस दिन मूल्य घट्ने कम्पनीको गिरावट दर ३ प्रतिशतमुनि नै रह्यो। एनएलजी इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै २।४ प्रतिशतले घटेको छ। राधि विद्युत, सूर्योदय लघुवित्त, नेसनल हाइड्रो र लक्ष्मी लघुवित्तको मूल्य २ प्रतिशत धेरैले घटेको छ।

कारोबारका आधारमा नेको इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ३० करोडको कारोबार हुँदा दोस्रोमा रहेको ज्योति विकास बैंकको १८ करोडको कारोबार भयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*