कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक करिब ८ अंकले लाग्यो उकालो
असार २०, काठमाडौं- कारोबारको पहिलो दिन (आइतबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक करिब ८ अंकले उकालो लागेको छ ।
यस अवधीसम्म ७.९७ अंकले बढेर २८५०.९८ विन्दुमा पुगेको छ । कारोबारको पहिलो घण्टामा ०.२८ प्रतिशतले बढेको हो ।
पहिलो घण्टाको अवधिमा कारोबारमा आएका २०६ ओटा कम्पनीको १४ हजार ७६४ पटकको कारोबारमा २२ लाख १ हजार ५४९ कित्ता शेयरको रू १ अर्ब ८ करोड ३७ लाख बराबरको कारोबार भएको छ ।
यस अवधिसम्म अपर तामाकोशी कारोबार भएको छ । उक्त कम्पनीको रू ८ करोड ७६ लाख बराबरको शेयर कारोबार भएको छ ।
आज २०६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १०२ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ५४ शेयरमूल्य घटेको छ । २१ कम्पनीको मूल्य स्थीर रहेको छ ।