प्रधानमन्त्रीद्वारा फुटबल टोलीलाई आइतबार पुरस्कृत गर्ने

काठमाडौं, असार २६– दशरथ रंगशालामा चैतमा थ्री नेसन्स कप विजेता राष्ट्रिय फुटबल टोलीका सदस्यलाई सरकारले आइतबार पुरस्कृत गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडीहरुलाई प्रधानमन्त्री केपी ओलीले खेलाडीलाई पुरस्कृत गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) का एक सदस्यले जानकारी दिए । कार्यक्रम बिहान ११ बजेका लागि तय भएको बताइएको छ ।

बालगोपाल महर्जन मुख्य प्रशिक्षक रहेको नेपाली टोलीले चैत १६ गत बंगलादेशलाई २–१ ले हराउँदै थ्री नेसन्स कप जितेको केहि दिनपछि सरकारले टोलीका खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । प्रतियोगितामा अर्को टोलीका रुपमा कीर्गिस्तानको यू २३ टोलीले भाग लिएको थियो ।

विश्व कप छनोटका ३ खेल दशरथ रंगशालमा चैतका लागि तय भएपनि कोराना महामारीका कारण नेपालबाट कुवेत सारिएपछि अखिल नेपाल फुटबल संघ ९एन्फा० ले थ्री नेसन्स कप आयोजना गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशाला पुगेर फाइनल हेरेका थिए । समापनका क्रममा खेलाडीहरुले ‘केपी बा वि लभ यु’ भन्दै नारा लगाएका थिए ।

थ्री नेसन्सको केहि समयपछि आयोजना भएको ट्राइ नेसन्स टि ट्वान्टी सिरिजको विजेता नेपाली क्रिकेट टोलीलाई भने अहिले सम्म सरकारले पुरस्कारको घोषणा गरेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*