टोकियो ओलम्पिकमा नेपाल सहभागिता मै सिमित
काठमाडौं । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद (टोकियो ओलम्पिक) जापानमा जारी छ।
टोकियोमा भईरहेको ओलम्पिकमा नेपालको चुनौती भने सकिएको छ । आज (शुक्रबार) बिहान एथलेटिक्स खेलाडी सरस्वती चौधरीको प्रतिस्पर्धासँगै नेपालको चुनौती सकिएको हो ।
टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पाँचै खेलाडी युनिभर्सालिटी कोटा र वाइल्ड कार्डमार्फत ओलम्पिक खेलेका हुन्।
सदाझै, टोकियो ओलम्पिकमा पनि नेपालको चुनौती सहभागितामै सिमित रह्यो। सहभागी पाँचै खेलाडीले दोस्रो चरणको यात्रा तय गर्न सकेनन् ।
सन् १९६४ मा टोकियोमै आयोजना भएको ओलम्पिकबाट नेपालको ओलम्पिक यात्रा सुरु भएको थियो । तर, नेपालको ओलम्पिक यात्रा ६ दशक पुग्नै लाग्दा नेपालको सहभागिता ‘सहभागिता’ मै सिमित छ ।
तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउनु टोकियो ओलम्पिकमा नेपालको उपलब्धि रह्यो। पौडीका गौरिका सिंह र एलेक्जेन्डर शाह ९एलेक्स० तथा सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाए।