२५ करोड क्षतिपूर्ति माग गर्दै अदालत पुगिन् शिल्पा

सञ्चार माध्यमले गलत सूचना सार्वजनिक गरेको भन्दै भारतीय अभिनेत्री शिल्पा सेट्टी क्षतिपूर्तिको माग राख्दै अदालत पुगेकी छन्।

केही सञ्चार माध्यमले आफ्नो बारेमा ‘गलत, झुठो, दुर्भावनापूर्ण र मानहानी’ गर्ने खालका सूचना सम्प्रेषण गरेको भन्दै २० करोड भारतीय रुपैयाँ बराबरको क्षतिपूर्तिको माग गर्दै उनले मुम्बईको उच्च अदालतमा मुद्दा दायर गरेकी हुन्।

भारतीय सञ्चार माध्यम एनिका अनुसार उनले २९ सञ्चार माध्यम विरुद्ध छवि बिगार्ने खालका सामग्री प्रशारण गरेको आरोप लगाएकी छन्।

शिल्पाका श्रीमान् राज कुन्द्रा अश्लिल भिडियो उत्पादन र बिक्री वितरण गरेको आरोपमा प्रहरीको अनुसन्धानमा छन्। अदालतमा उनको मुद्दाको सुनुवाई शुक्रबार हुँदैछ।

सोधपुछका क्रममा अहिलेसम्म शिल्पा र उनका परिवारको यस मुद्दामा संलग्नता नदेखिएको भए पनि उनी र उनको परिवारको छवि बिगार्ने आशयका सामाचार सामग्री प्रशारण भएको भन्दै उनले मुद्दा दायर गराएकी हुन्।

उनले उल्लेखित सञ्चार माध्यममा प्रकाशित समाचार र भिडियोहरु डिलिट गरिनुपर्ने र उनी र उनको परिवारसँग माफी मागिनुपर्ने माग रोखेकी छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*