पारस खड्काद्वारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

पारसले मंगलबार एक विज्ञप्ति निकाल्दै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।

‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवाला प्रति कृतज्ञता व्यक्त गर्दै अन्तराष्ट्रिय क्रिकेटबाट मैले सन्यास लिने निर्णय लिएको छु । नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो’, सन्यास घोषणा गर्दै पारसले भनेका छन् ।

अलराउण्डर पारसले सन् २००४ मा राष्ट्रिय टिम डेब्यु गरेका थिए । त्रिवि क्रिकेट मैदानमा अप्रिल २३ का दिन आईसीसी अन्तरमहादेशीय कपमा मलेसियाविरुद्धको खेलबाट पारसले सिनियर टिममा डेब्यु गरेका थिए । त्यसयता उनी टिममा महत्वपूर्ण खेलाडीको रुपमा रहदै आएका थिए ।

सन् २००९ मा कप्तान चयन भएका पारस २०१९ मा कप्तानी पद छाडेका थिए । उनले विनोद दासको स्थान लिएका थिए । युएईमा भएको एसिसी टि–ट्वान्टी ट्रफीबाट पारसले नेपाली टोलीको कप्तानी गरेका थिए ।

३३ वर्षीय पारसले नेपालका लागि १० एकदिवसीय अन्तराष्ट्रिय र ३३ टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका छन् ।

पारसले एकदिवसीयमा ३ सय १५ रन बनाउँदा ९ विकेट लिएका छन् । टी-ट्वान्टीमा उनले ७ सय ९९ रन जोड्दा ८ विकेट लिएका छन् ।

पारसले २ फस्ट क्लास क्रिकेट खेल्दा ४४ लिस्ट ए खेल खेलेका छन् ।

नेपाली क्रिकेटका सफल कप्तान पारसले नेपाललाई डिभिजन ५ हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिलाउन सफल भए ।

पारसकै कप्तानीमा नेपालले टी(ट्वान्टी विश्वकप खेलेको थियो । सन् २०१४ मा बंगलादेशमा भएको टी-ट्वान्टी विश्वकपमा नेपालले प्रतिस्पर्धा गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*