ग्रीसमा भीषण डढेलोको कारण २ जनाको मृत्यु
ग्रीसमा फैलिएको भीषण डढेलोका कारण दुईजनाको ज्यान गएको छ । ग्रीसका विभिन्न क्षेत्रमा केही दिनदेखि डढेलो फैलिएको छ ।
अनियन्त्रित डढेलो लागेका ६ क्षेत्रहरुलाई उच्च सतर्कता क्षेत्रमा राखिएको छ ।
एथेन्सको उत्तरी क्षेत्रमा धुवाँको मुस्लो फैलिएको छ । स्थानीय बासिन्दाहरुलाई घर छोडेर सुरक्षित स्थानमा जान भनिएको छ ।
आगो निभाउन खटिएका ३८ वर्षका अग्निनियन्त्रकको बिजुलीको पोलले लागेर मृत्यु भएको छ । यस्तै एथेन्स चेम्बर अफ कमर्सका अध्यक्षको पनि डढेलोमा परेर मृत्यु भएको छ ।अरु २० जना घाइते भएका छन् ।
ग्रीसभर अहिले १५४ डढेलो सक्रिय छन् । अत्यधिक गर्मी तथा हावाका कारण आगो निभाउन कठिन भइरहेको छ । ग्रीसको छिमेकी देश टर्कीमा पनि इतिहासकै गम्भीर डढेलो लागेको छ ।
टर्कीमा डढेलोका कारण ८ जनाको ज्यान गएको छ भने प्रभावित भएको दक्षिण क्षेत्रका दशौँ हजार मानिस बिस्थापित भएका छन् ।