भारतका लोकप्रिय अभिनेता सिद्धार्थ शुक्लाको निधन

भारतका लोकप्रिय टेलिभिजन र चलचित्र अभिनेता सिद्धार्थ शुक्लाको बिहीबार निधन भएको छ।

४० वर्षका शुक्लालाई हृदयाघात भएको र त्यसकै कारण निधन भएको अस्पतालले जनाएको छ।

भारतीर समाचार संस्था पिटिआईले कूपर अस्पतालका अधिकारीलाई उद्धृत गर्दै सिद्धार्थको निधन अस्पताल पुग्नु अगाडि भएको उल्लेख गरेको छ ।

सिद्धार्थ आमा र दुई बहिनीको साथमा बस्दै आएका थिए। उनले मोडलिङबाट आफ्नो करियर सुरु गरेका थिए।

त्यसपछि उनले टेलिचलचित्र ‘बाबुल का अंगना छूटे ना’ बाट अभिनयको संसारमा कदम राखेका थिए। यसपछाडि धेरै टेलिचलचित्रमा काम गरेको भए पनि उनलाई ‘बालिका बधु’ बाट पहिचान मिल्यो। त्यसपछि उनले अभिनय गरेको टेलीचलचित्र ‘दिल से दिल तक’ हो।

दश वर्ष भन्दा धेरै समय सानो पर्दामा संघर्ष गरिरहेका शुक्लालाई बिग बोस १३ को विजेता बनेपछि अझै फराकिलो पहिचान मिलेको थियो।

यस बाहेक उनी ‘खतरोंकी खिलडी’, नृत्य रियालिटी शो – ‘झलक दिखला जा ६’ का चर्चित प्रतियोगी थिए। शुक्ला एकता कपूरको चर्चित शो ‘ब्रोकन बट बिउटीफूल ३’ मा ‘अगस्थ्य’ को भूमिकामा देखिएका थिए।

शुक्लाको जन्म सन् १९८० को डिसेम्बर १२ मा उत्तर प्रदेशको इलाहावादमा भएको थियो। उनले सेन्ट जेभियर्स हाइ स्कूलबाट विद्यालय शिक्षा लिएका थिए। त्यसपछि उनले रचना संसद स्कूल अफ इन्टिरियर डिजाइनबाट ग्राजुयशन गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*