आन्तरिक राजस्व कार्यालय हेटौंडाको राजस्व संकलनमा प्रगति

हेटौंडा —आन्तरिक राजस्व कार्यालय हेटौंडाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व संकलनमा प्रगति गरेको छ । कोरोना महामारीका बीच पनि मकवानपुरका विभिन्न स्थानीय तहमा सञ्चालित उद्योग, कलकारखानामा अनुगमन गरी राजस्व संकलनलाई तीव्रता दिइएकाले १६ प्रतिशत बढी राजस्व संकलन भएको कार्यालय प्रमुख शालिकराम आचार्यले बताए ।

उनका अनुसार गत आवमा विभिन्न स्रोतको राजस्वबापत ५ अर्ब ५५ करोड ८४ लाख ६ हजार रुपैयाँ राजस्व उठेको छ । यो आँकडा अघिल्लो आवमा उठेको ४ अर्ब ७८ करोड ७३ लाख ४० हजार रुपैयाँभन्दा ७७ करोड १० लाख ६६ हजार रुपैयाँले बढी हो ।

कार्यालयले गत आवमा अन्तःशुल्क २ अर्ब ८६ करोड ९ लाख २१ हजार, मूल्य अभिवृद्धि कर १ अर्ब ३४ करोड ८ लाख ५४ हजार, आयकर १ अर्ब १० करोड ६९ लाख १३ हजार, ब्याजकर ४ करोड ६० लाख ८१ हजार र घरबहाल कर २ करोड ६२ लाख ९३ हजार रुपैयाँ संकलन राजस्व संकलन गरेको जनाएको छ । इकान्तिपुरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*