शेयर बजारमा ३२ अंकको गिरावट
काठमाडौँ । सेयर बजार बिहीबार ३२.५१ अंकले घटेर २६३३.४२ विन्दुमा आएको छ । ३ अर्ब ७० करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ । ७३ लाख २१ हजार १४ कित्ता सेयर किनबेच भएका छन् ।
केही सातादेखि लगातार रुपमा ओरोलो लाग्दै आएको सेयर बजार यो साता बुधबारमात्र शेयर बजार उकालो लागेको थियो । तर शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजारमा घटेको छ ।
सेयर बजारमा आज सेन्सेटिभ परिसूचक पनि ६।४१ अंकले घटेर ४९७।०५ को बिन्दुमा झरेको छ ।
विकास बैंक समूहमा सबैभन्दा धेरै १५५.७५ अंकले गिरावट आएको छ । यस्तै, जीवन बिमा, निर्जीवन बिमा र उत्पादनमूलक समूह पनि १०० अंक भन्दा बढीले घटेका छन् ।
ट्रेडिङ समूह भने ११८.१३ अंकले बढेको छ । अधिकांश कम्पनीको भाउ घट्दा मनकामना स्मार्ट लघुवित्त, नेपाल फाइनान्स र मैलुङ खोला जलविद्युतको सेयर भाउ भने सर्किट लागेर बढेको छ ।