छनौटको अन्तिम खेलमा नेपालले आज लेबनानसँग खेल्दै
काठमाडौँ – एएफसी यू-२३ च्याम्पियनसिपको छनौट प्रतियोगिताअन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले आइतबार लेबनानसँग प्रतिस्पर्धा गर्दैछ।
ताजिकिस्तानमा जारी छनौट प्रतियोगितामा नेपालले एक गोल पनि गर्न सकेको छैन भने अंक पनि जोड्न सकेको छैन। नेपाल छनौट चरणबाटै बाहिरिने पक्का भइसकेको छ।
नेपालले पहिलो खेलमा इरानसँग ४-० र दोस्रो खेलमा ताजिकिस्तानसँग ६-० गोलको हार ब्यहोरेको थियो। लेबनानले पनि अंक जोड्न सकेको छैन। दुई खेल खेलिसकेको लेबनानले पहिलो खेलमा ताजिकिस्तानसँग १-० र दोस्रो खेलमा इरानसँग २0० गोलको पराजय ब्यहोरेको थियो।
छनौट प्रतियोगिताबाट ११ वटा समूहका विजेता र चारवटा सर्वोत्कृष्ट उपविजेता टोली फाइनल चरणका लागि छनौट हुनेछन्।