एकै विद्यालयका २५ जना विद्यार्थीमा एकै पटक कोरोना संक्रमण

बागलुङ । बागलुङमा एकै विद्यालयका २५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टी भएको छ । समुदायस्तरमा पनि तीन जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ ।

बाग्लुङ नगरपालिकाको बलेवास्थित एक विद्यालयका विद्यार्थीमा कोरोनाको लक्षण देखिएपछि ८२ जनाको परिक्षण गर्दा एकै पटक २५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बाग्लुङका जनस्वास्थ्य निरीक्षक देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको हो । कार्यालयका अनुसार विद्यालयमा थप विद्यार्थीको कोरोना परिक्षणपछि मात्रै विद्यालयको नाम खुलाइने छ ।

कोरोना संक्रमित बढेसंगै स्वास्थ्य सचेतना अपनाउन कार्यालयले अनुरोध गरेको छ । बाग्लुङमा बिहिबारसम्म जम्मा १३ जना संक्रिय संक्रमित रहेकोमा अहिले संक्रिय संक्रमितको संख्या ४१ पुगेको छ । धौलागिरी अस्पताल बाग्लुङको आइसोलेसनमा दुई संक्रमितको उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*