अधिवेशनको नाउँमा क्याम्पसलाई राजनीतिको अखडा बनाएको भन्दै बिरोध

हेटौँडा । नेपाली कांग्रेसको पहिलो बागमती प्रदेश अधिवेशन गर्ने नाउँमा हेटौँडामा रहेको वन विज्ञान अध्ययन सस्थानलाई राजनीतिको अखडा बनाएको भन्दै दुईवटा विद्यार्थी संगठनले भत्र्सना गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै ति विद्यार्थी संगठनले पठनपाठन र परिक्षालाई समेत असर पर्नेगरि कांग्रेसको अधिवेशन तथा निर्वाचन प्रक्रिया भैरहेको प्रति घोर भत्र्सना गरेका हुन् ।

अनेरास्ववियु तथा अनेरास्ववियु क्रान्तिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै शैक्षिक सस्था भित्रको शैक्षिक वातावरण खलल हुने गरि अधिवेशन गर्न दिएको प्रति बिरोध गरेका हुन् । सस्थानमा परिक्षा समेत भैरहेको सन्र्दभमा कार्यक्रम गर्न दिनु अत्यन्तै निन्दीय काम भएको ति विद्यार्थी संगठनका नेताहरुको भनाई छ ।
यस अघि विद्यार्थीको कदर स्वरुप सफल विद्यार्थीहरुको तस्बिर समेत टास्न नदिने प्रशासनले अहिले राजनीतिक दलका नेताहरुको तस्बिर क्याम्पस परिषरभर टास्न दिएर अनैतिक काम गरेको विद्यार्थी संगठनको आरोप रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*