मंसिर २२ देखि हेटौंडामा भाट–भटेनी संचालनमा आउँदै

हेटौंडा । ३७ वर्षअघि स्थापना गरिएको मुलुककै चर्चित व्यवसायिक सुपर मार्केट भाट–भटेनीले हेटौंडामा २० औं शाखा संचालनमा ल्याउँदै छ ।भाट–भटेनी आफै देशभर स्वच्छ प्रतिस्पर्धा र सामाजिक कार्यमा समेत तल्लीन हुने व्यवसायिक संस्थाका रुपमा परिचित छ ।

औद्योगिक नगरीसँगै बागमती प्रदेशको राजधानी हेटौंडामा भाट–भटेनीले स्थापनापछि आफ्नो क्षेत्रमा पर्ने हेटौंडा–१ र २ चौकीटोलका सडक मर्मत, रंगरोगन, बृक्षारोपण, बिद्युत पोल राख्ने, कुरुप बनेको खाद्य संस्थानको भवनमा समेत रंगरोगन र सजावटमा लगानी गरेको छ । भाट–भटेनीले हेटौंडा–१ र २ अन्तर्गतपर्ने त्रिभुवन राजपथसँग जोडिएका सडक दायाँबायाँ फराकिलो बनाउने, स्ल्याब, कालोपत्रे र बृक्षरोपण गरेर यस क्षेत्रलाई चम्काएको छ । भाट–भटेनी स्थापना हुनुअघि साँघुरो सडक, विद्युत पोलको कमिहुँदा रातको समयमा अँध्यारो हुने चौकीटोल सडक अहिले चम्किलो भइसकेको छ ।

यसका लागि भाट–भटेनीले करिब ८५ लाख रुपैयाँ खर्चिसकेको छ । भाट–भटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुड्डले सामाजिक उत्तरदायित्व– अन्तर्गत सडक सजावट र चौकीटोल क्षेत्रलाई थप विकशित बनाउन रकम खर्चिएको बताए । ‘व्यवसाय संचालन गरेपछि नाफाआर्जन मात्र गर्नुपर्छ भन्ने होइन ।’ उनले भने, ‘भाट–भटेनी खुलेपछि चौकीटोल क्षेत्र हाम्रो पनि हो, हामी पनि त्यहाँ बसेका छौं त्यसकारण पनि त्यस क्षेत्रको विकासमा लगानी गर्नु हाम्रो कर्तव्य हुनेछ ।’ अध्यक्ष गुरुड्डले समाज विकासमा भाट–भटेनीले टेवा पु¥याउने र चौकीटोल क्षेत्रमा आफु सदैव हरेक विषयमा जोडिने दाबी गरे । उनले आगामी दिनमा पनि यस्ता कार्यलाई प्राथमिकतामा राखेर व्यवसाय संचालन गर्ने बताए ।

भाट–भटेनीका म्यानेजर बिनोद भट्टराईले समाजका विविध क्षेत्रमा लगानीसँगै विकासमा समेत सघाउ पु¥याउने योजना अन्तर्गत सडक सजावट गरिएको प्रतिक्रिया दिए । ‘व्यवसायिक क्षेत्रबाट नाफाआर्जन गर्ने मात्र उद्देश्य राख्ने भन्दा पनि सामायिक क्षेत्रमा योगदान पु¥याउने हाम्रो लक्ष्य हो ।’म्यानेजर भट्टराईले भने ।
मंसिर २२ गते बुधबारदेखि संचालनमा आउने भाट–भटेनीमा ३ दिन विशेष छुट योजना अघि सारिएको छ । भाडाँकुँडा, कपडा, खाद्य बस्तुमा १० प्रतिशत छुट, विद्युतिय यन्त्रहरु टिभी, वासिङ् मेसिन, फ्रिज जस्ता ठुला सामानमा २० प्रतिशत छुटसहित फ्रि होम डेलिभरी सेवा रहेको छ । भाट–भटेनीले हेटौंडादेखि निजगढसम्म गरी ६५ हजार घरधुरीका सबैलाई निमन्त्रणा गरेको छ । यसअघि भक्तपुर, ललितपुर, काठमाडौ (उपत्यकामा ८ स्थानमा), सुनसरीको धरान, मोरङको विराटनगर, चितवनलगायत देशका ठूला सहरमा शाखा संचालनमा आइसकेको छ ।

भाट–भटेनीले व्यवसायिक विकाससँगै चौकीटोल क्षेत्रको सडक विस्तारमा मुख्य भूमिका निर्वाह गरेको प्रति स्थानीय तह आभारी रहेको हेटौंडा–१ का वडाअध्यक्ष सबिन न्यौपानले बताए । उनले स्थानीय तहबाट हुने हरेक सवालमा आफुहरु सहयोगका लागि सदैव तत्पर रहेको उनको भनाइ छ ।

प्रवेश धिताल  ‘कुन्दन’ /  साझाकुराबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*