मकवानपुरमा छ हजार भुकम्प पीडितले पाएनन् दोस्रो र तेस्रो किस्ताको रकम

हेटौंडा । मकवानपुर जिल्लामा २०७२ सालको भुकम्पमा परी घर भत्कीएका छ हजार जना भुकम्प पीडितले दोस्रो र तेस्रो किस्ताको रकम पाउन सकेका छैनन् । भुकम्पपछी आफ्ना घर निर्माण गरिसकेपनि उनीहरुले सरकारले दिने भनेको रकम पाउन नसक्दा समस्या भएको छ । चालु आर्थिक वर्षको साउन महिला देखि हाल सम्म पनि भुकम्प पीडितलाई रकम निकासा नगर्दा समस्या भएको हो ।

भुकम्प पीडितहरुले ऋण गरेर घर निर्माण नगरेपनि दोस्रो र तेस्रो किस्ताको रकम प्राप्त गर्न समस्या भएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो । जिल्ला आयोजना कार्यान्वयन इकाइ, भवन तथा आवास कार्यालय मकवानपुरले भुकम्प पीडितका लागि दोस्रो र तेस्रो किस्ताको रकम बितरण गर्नका लागि मात्र भनेर ४० करोड रुपैयाँ संघीय सरकार संग माग गरेर पठाएको जनाएको छ ।

तर, त्यो रकम निकासागर्नका लागि ढिलाइ हुँदा भुकम्प पीडितलाई दिनका लागि समस्या भएको वताएको छ । तर मकवानपुरका दश वटै स्थानीय तहमा भुकम्प पीडितहरुले रकम नपाउँदा समस्या भएकोबताएका छन् । सरकारले चाडो भन्दा चाडो रकम निकासा गर्नुपर्ने अध्यक्ष लामाले बताउनुभयो । भीमफेदी गाउँपालिकामा मात्र करिब पाँच सय परिवारले घु निर्माण गरेर दोस्रो र तेस्रो किसस्ताको रकम पाउन नसकेको र दिनहुँ गुनासो गर्ने गरेको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*