भ्रष्टाचार विरुद्धको दिवसमा प्रतिबद्धता हस्ताक्षर अभियान

हेटौंडा । अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसको अवसरमा नागरिक समाज मञ्च मकवानपुरले डेक नेपालको सहयोगमा प्रतिबद्धता हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार हेटौंडास्थित सेवाग्राहीको चाप र आर्थिक कारोबार बढी हुने सरकारी कार्यालयहरुमा भ्रष्टाचार विरुद्ध हस्ताक्षर अभियान गरिने मञ्चकी संयोजक रमिला सापकोटाले बताईन् ।

जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र यातायात व्यवस्था सेवा कार्यालय हेटौंडामा कार्यालय प्रमुख, कर्मचारीहरु, सेवाग्राही र नागरिक अभियान्ताको उपस्थितिमा कार्यक्रम गरिने उनले जानकारी दिईन् । ‘म भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भन्ने प्रतिबद्धता सहितको हस्ताक्षर गरी कार्यालयहरुको परिसरभित्र सबैले देख्ने स्थानमा हस्ताक्षरसहितको फ्लेक्स समेत राखिने भएको छ ।

‘हाम्रो अधिकार, हाम्रो भुमिकाः भ्रष्टाचार नगर्नु नगराउनु’ भन्ने अन्र्तराष्ट्रिय नाराका साथ सरकारी कार्यालयहरुसँग समन्वय गरि नागरिक समाज मञ्चले दिवस मनाउन लागेको हो । यसैबिच, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटाँैडा कार्यालयले बिहीबारै हेटौंडा उपमहानगरपालिकाका सबै वडा अध्यक्षहरुलाई भेला गरी विशेष कार्यक्रम गर्ने जनाएको छ ।

तर जुनसुकै किसिमका अनियमितताको छानविन गर्ने तथा कमीकमजोरी देखिएमा कार्वाहीका लागि सिफारिस गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटाँैडा कार्यालयले प्रतिवद्धता हस्ताक्षर गर्न आवश्यक नभएको भन्दै अस्वीकार गरेपछि नागरिक समाज मञ्च मकवानपुरले दुःख व्यक्त गरेको छ । अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस हरेक बर्ष डिसेम्बर ९ तारिखमा मनाउँने गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*