लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मकवानपुरमा सम्पन्न

मकवानपुर – लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुक्रबार समिक्षा तथा अन्तरकृया कार्यक्रम आयोजना गरेर समापन गरिएको छ । अभियानको अन्तिम दिन आज जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा अभियान भरि भए गरेका कृयाकलापहरुको विषयमा समिक्षा तथा अन्तरकृया गरेर अभियानको समापन गरिएको हो ।

हरेक वर्ष २५ नोभेम्बरबाट १० डिसेम्बरसम्म १६ दिन मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा मकवानपुरमा सामाजिक विकास मन्त्रालय, जिल्ला समन्वय समिति, जिल्ला स्थित स्थानीय तहहरु, मानव अधिकार तथा मानव बेचबिखन बिरुछको संजाललगायतका विभिन्न सामाजिक सङ्घसंस्थाको संयुक्त पहलमा हेटौंडामा ¥याली, सडक नाटक, सेतो रिबन क्याम्पिन, दिप प्रज्वलन,दोहोरी गित प्रतियोगिता, मैत्रीपूर्ण फुटसल प्रतियोगिता, अन्तरकृया तथा छलफल लगायतका कार्यक्रमको आयोजना गरिएको थियो ।

समापनका अवसरमा अभियानका क्रममा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिताका विजेताहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । फुटसल विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले पुरस्कार प्रदान गर्नुभएको थियो । सो अवसरमा प्रमुख खुलालले लैङ्गिक हिंसा न्युनीकरणका सबै क्रियाशील भएर लाग्नु पर्ने बताउनुभयो ।

उहाँले हिंसा पीडितको न्याय र पीडकको कारवाहीको लागि कानूनी ब्यवस्था भएपनि बिभिन्न स्वरुपमा लैंगिक हिंसाका घटना घटिरहेको सन्दर्भमा हिंसा रोकथाममा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई अझै प्रभावकारी र सार्थक बनाउन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, हेटौंडाका विभिन्न वडाका जनप्रतिनिधिहरु, महिला तथा बालबालिकाको हकमा काम गर्ने विभिन्न सामाजिक सङ्घसंस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । यस वर्ष ‘घरैबाट शुरू गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ १६ दिने अभियान मनाईएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*