फोनिज मकवानपुरमा नयाँ नेतृत्व, अग्रज सम्मानित

मकवानपुर । नेपाल अदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मकवानपुरको पाँचौं जिल्ला अधिवेशनले अध्यक्षमा अशोकसुजन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार हेटौंडामा भएको अधिवेशनले उपाध्यक्षमा नवराज वाईबा, सचिवमा रुपा गुरुङ, कोषाध्यक्षमा सन्देश थिङ र सहसचिवमा मनिता रानालाई चयन गरेको हो ।

कार्यसमितिको सदस्यहरुमा भुवन घलान, मञ्जरी बलामी, आशिष राना प्रजा, जमुना थिङ, भुपेन्द्र राना मगर र सम्झना मगरलाई चयन गरेको छ । १३ सदस्सीय कार्यसमितिमा २ सदस्य तामाङ पत्रकार समूह र नेवाः पत्रकार राष्ट्रिय दबूको सिफारिसमा मनोनित गरिने भएको छ ।
यसैगरी, फोनिजको बागमती प्रदेश प्रतिनिधिमा मीना श्रेष्ठ, दुदुमाया सिन्तान, आदर्श थोकर, जनक तामाङ र उमेश राई चयन भएका छन् । साथै, फोनिजको संघीय(केन्द्रीय) प्रतिनिधिमा सुरेश श्रेष्ठ, कृष्ण सारु मगर, सुवर्णलाल श्रेष्ठ र रञ्जिता डंगोल चयन भएका छन् ।

कार्यक्रममा मकवानपुरका अग्रज पत्रकार सुवर्णलाल श्रेष्ठलाई पत्रकारिता क्षेत्रमा निरन्तर लामोसमय योगदान पु¥याएको उच्च मुल्यांकन गर्दै नगद ५ हजारसहित फोनिज पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । यस्तै, फोनिज मकवानपुरका संस्थापक अध्यक्ष देव लामा, पूर्वअध्यक्षहरु कुमार नेगी र पुर्णिमा लामा तथा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङलाई फोनिज र आदिवासी जनजातिको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै कदरपत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।

हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्य तथा फोनिज मकवानपुरका निवर्तमान अध्यक्ष कृष्ण सारु मगरको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप विष्ट, फोनिज बागमती प्रदेशका महासचिव सुरजकुमार भुजेल, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ, नेवाः देय् दबु मकवानपुरका अध्यक्ष योगेश्वर श्रेष्ठ, वनकरिया समुदायकी अगुवा सन्तमाया वनकरिया र विष्णुमाया वनकरिया, नेपाल पत्रकार महासंघ मकवानपुरका कोषाध्यक्ष एवं प्रेस यूनियन मकवानपुरका सचिव केशव सर्मप

ण, प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापा, प्रेस चौतारी मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल अदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मकवानपुरका पूर्व अध्यक्ष कुमार नेगी, थारु कल्याणकारिणी सभा मकवानपुरका सचिव चन्द्रकान्त चौधरी, नेपाल मगर साँस्कृतिक संघ बागमती प्रदेश उपाध्यक्ष भुपेन्द्र राना मगर, किराँत राई यायोख्या केवी राई लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*