दाजुभाईबिच कुटाकुट हुदा मकवानपुरमा दाईको मृत्यु

हेटौँडा । मकवानपुरमा दुईजना दाजुभाईबिच कुटाकुट हुँदा दाईको मृत्यु भएको छ ।

उत्तर पश्चिम क्षेत्रमा रहेको कैलाश गाउँपालिका वडा नंबर ६ तल्लो पकनीका स्थानीय ३३ बर्षीय नन्दरे मोक्तान उनका भाई ३० बर्षीय सिताराम मोक्तान बिच सामान्य विवाद भई कुटपिट हुँदा दाई नन्दरे मोक्तानको मृत्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

झगडा किन भयो भन्ने विषयमा हालसम्म कारण नखुलेको तर भाई सितारामलाई भने नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाईसकेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देबेन्द्र दासले बताए । हाल घटनास्थलमा इलाका प्रहररी कार्यलय पालुङबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिहेको प्रहरीको भनाई रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*