अख्तियार हेटौंडामा पाँच महिनामै ९ सय १७ वटा उजुरी दर्ता

हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटाँैडामा चालू आर्थिक वर्ष २०७८÷०७९ को हालसम्म अर्थात विगत पाँच महिनामा नौ सय १७ वटा उजुरी दर्ता भएको छ । आयोगको कार्यालयको प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि मंसिर २० गतेसम्ममा परेकोमध्ये ३३० फछ्र्यौट भएको छ भने ५८७ वटा उजुरी फछ्र्याैट हुँन बाँकी रहेको जनाइएको छ । कार्यालय प्रमुख  रबीन्द्र शर्माद्वारा प्रस्तुत प्रतिवेदनमा ११ जिल्लाकार्य क्षेत्र रहेको सो कार्यालयमा बारा जिल्लाको सबैभन्दा बढी उजुरी परेको उल्लेख छ ।

बिगत पाँच महिनामा परेको कुल उजुरीमध्ये बाराबाट २४९, पर्साबाट १८७, मकवानपुरबाट १७३, रौतहटबाट १६०, चितवनबाट ९०, दोलखाबाट १६, धादिङबाट १५, काभ्रेपलान्चोकबाट १२, रामेछापबाट १२, सिन्धुपाल्चोकबाट दुई र नुवाकोटबाट एक उजुरी परेको प्रतिवेदनमा उल्लेख गरिएको छ । भ्रष्टाचार एवम् अनियमितताका सम्बन्धमा सबैभन्दा बढी बाराको २४९ उजुरी परेको छ भने मन्त्राालयगतअनुसार संघीय मामिलाको (स्थानीय तह)को सबैभन्दा बढी ४४४ उजुरी परेको कार्यालयका प्रमुख शर्माले जानकारी दिए । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिवहादुर महत र अख्तियार हेटौंडाका सिनियर डिभिजन अधिकृत मोहनदत्त भट्ट र उपसचिव विष्णुप्रसाद सापकोटा– लगायतले भष्टाचारविरुद्ध मन्तव्य व्यक्त गरेका थिए ।

१५ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयमा आर्थिक वर्ष २०७०÷०७१ देखि गत आर्थिक वर्ष २०७७÷०७८ सम्ममा १० हजार ३ सय ७० वटा उजरी दर्ता भएको थियो । कार्यालयको तथ्यांक अनुसार आठ वर्ष अवधिमा सबैभन्दा बढी आव २०७१÷०७२ मा २ हजार २ सय ९८ उजुरी परेका थिए । ती मध्ये १ हजार ४ सय ३४ फछर्यौट र ८ सय ६४ बाँकी रहेको थियो । २०७१÷०७२ मा कार्यालयले ६२ दशमलव ४ प्रतिशत उजुरी फछर्यौट गरेको थियो ।

सोहि अवधिमा सबैभन्दा कम आव २०७०÷०७१ मा सबैभन्दा कम ३९ दशलमव ७ प्रतिशत मात्र उजुरी फछर्यौट गरिएका छन् । २०७०÷०७१ मा दर्ता भएका २ हजार ५५ उजुरीमध्ये ८ सय १५ फछर्यौट र १ हजार २ सय ४० बाँकी रहेको तथ्यांकमा उल्लेख छ । आव २०७२÷०७३ मा १ हजार ३ सय ५ दर्ता, १ हजार २४ फछर्यौट र ३ सय ६१ बाँकी, २०७३÷०७४ मा ७ सय ९८ दर्ता भएका उजुरी मध्ये ५ सय २७ फछर्यौट र २ सय ६१ बाँकी रहेको थियो । हेटौंडामा अख्तियारको कार्यालय स्थापनापछि २०७४÷०७५ मा दर्ता भएका उजुरी संख्या हालसम्मकै न्यून छ ।

कार्यालयका अनुसार २०७४÷०७५ मा ६ सय ७९ उजुरी दर्ता भएको थियो । त्यस अवधिमा ४ सय फछर्यौट र २ सय ७९ बाँकी रहेको जनाइएको छ । आव २०७५÷ ०७६ मा १ हजार १ सय उजुरीमध्ये ७ सय ७१ फछर्यौट, २०७६÷०७७ मा १ हजार १ सय २६ मध्ये ७ सय ८ फछर्यौट र २०७७÷०७८ मा ९ सय २९ दर्ता, ५ सय १६ फछर्यौट गरिएको कार्यालयले जनाएको छ । आठ वर्ष अवधिमा अनियमितता, भ्रष्टाचार, किर्ते, अधिकार दुरुपयोगका उजुरीहरु दर्ता भएको कार्यालयका प्रवक्ता विष्णु सापकोटाले बताए । गत आर्थिक वर्ष २०७७÷०७८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले ३१ लाख ८७ हजार ८ सय ६८ रुपैयाँ असुलउपर गरेको छ ।

कार्यालयले अनुसन्धान भएका उजुरीहरुको प्रारम्भीक एवम् विस्तृत अनुसन्धानबाट व्यक्ति र संस्थाबाट सार्वजनिक सम्पत्ति रकमको पुनः प्राप्ती स्वरुप असुलउपर गरिएको जनाएको छ । कार्यालयमा गत आव २०७७÷०७८ ९ सय २९ वटा उजुरी दर्ता भएको छ । दर्ता भएका उजुरी मध्ये ५५ दशमलव ५४ प्रतिशत फछर्यौट गरिएको छ । बितेको आर्थिक वर्षमा अनुसन्धान गरेर ५ सय १६ वटा उजुरीको फछर्यौट भएको आयोगको हेटौंडा कार्यालयका सूचना अधिकारी सापकोटाले जानकारी दिए ।

दर्ता भएका उजुरी मध्ये सबै भन्दा धेरै स्थानीय तहसम्बन्धि ५ सय १८ वटा उजुरी परेका छन् । तीमध्ये २ सय ६७ को फछर्याैट र २ सय ५१ वटा बाँकी रहेका छन् । त्यसैगरी संघीय सरकार अन्तर्गतका कार्यालयको वितेको आर्थिक वर्षमा २ सय ३९ वटा उजुरी परेका छन् । त्यस मध्येमा १ सय ५३ वटा उजुरीको फछर्यौट गरिएको छ । ८६ वटा उजुरी बाँकी रहेका छन् । प्रदेश स्तरका मन्त्रालय र कार्यालयको १ सय ७२ वटा उजुरी परेको छ ।

त्यस मध्यमा ९६ वटा उजुरीको फछर्यौट भएको र बाँकी ७६ वटा रहेको छ । कार्यालयमा परेका उजुरी मध्ये रौतहटबाट ११, बाराबाट ३ सय ४, पर्साबाट १ सय ९६, दोलखाबाट १७, सिन्धुपाल्चोकबाट ८, रसुवाबाट २, धादिङबाट २७, नुवाकोटबाट ५, काठमाडौंबाट २, भक्तपुरबाट १, काभ्रेपलान्चोकबाट ९, रामेछापबाट २९, धनुषाबाट १ र चितवनबाट ९७ वटा उजुरी परेको उनले बताए । साझाकुराबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*