टिपरले मोटरसाईललाई ठक्कर दिदा हेटौंडामा एकको मृत्यु

हेटौंडा । पुर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडामा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

बुधबार बिहान हेटौंडा १९ को दारिमटारमा हेटौंडाबाट मनहरी तर्फ जाँदै गरेको प्रदेश ०३-००१ ख १८४९ नंबरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको ना ४९ प ८२५२ नंबरको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकल चालक चितवन रत्ननगरका अन्दाजी ४० वर्षीय युवराज आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

यसैगरी दुर्घटनामा मोटरसाइकलमा सवार बागलुङका ३३ वर्षीय नुर बहादुर थापा घाइते भएको र उनलाई उद्धार गरी उपचारका लागि चुरेहिल अस्पताल पठाइएको दासले बताए । प्रहरीका अनुसार ठक्कर दिने टिपर चालक फरार रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*