राक्सिराङमा गाँजा तथा अफिम खेती फडानी

हेटौंडा । मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिकामा लागुऔषध गाँजा र अफिम खेती नष्ट गरेको छ ।

प्रहरीले बिहीबार राक्सिराङ गाउँपालिका ४ र ५ को रानीवन, बाङकिङ, ताङद्राङ, रानीघाटमा लगाइएको २० बिगाहा गाँजाखेती र ५ विगाहा अफिम नष्ट गरेको जनाएको छ ।

बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक सुमन बानियाँको कमाण्डमा ६० जनाको टोलीले गाँजा र अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*