हेटौंडा १५ मा ट्याकटरबाट खसेर गम्भीर भेटिएका वाईवाको मृत्यु

हेटौंडा । मकवानपुरको हेटौंडा-१५ फारलाइनमा गम्भीर अवस्थामा भेटिएका एक जना घाइतेको मृत्यु भएको छ।

शुक्रबार राति फारलाईन स्थित भित्री सडक खण्डमा घाइते अवस्थामा भेटिएका स्थानीय अन्दाजी ४१ वर्षीय शक्ती वाईवा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

घाइते अवस्थामा भेटिएका मोक्तानको प्रहरीले उद्धार गरी हेटौंडा अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको कार्यलयका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

घटना लगत्तै प्रहरीले अनुसन्धान गर्दा उक्त व्यक्ति ना ७ त १२९५ नंबरको ट्याक्टरमा ज्यामी काम गर्ने र सोही ट्याकटरबाट खसेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्याकटर र चालक हेटौडा-८ कमानेका २८ वर्षीय अजित ढकाललाई आज बिहान नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको प्रवक्ता दासले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*