मकवानपुरमा भोलिदेखि बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोप दिईदै

हेटौंडा । मकवानपुरको १० वटै स्थानीय तहमा भोलि पुस ४ गतेबाट १२ वर्ष देखि १७ वर्षसम्मको बालबालिकाहरुलाई कोरोना भाइरस (कोभिड) विरुद्धको मोडर्ना खोप लगाईने भएको छ ।

जिल्ला स्वास्थय कार्यलय मकवानपुरका जनस्वास्थ्य निरीक्षक वाशुदेव रिमालका अनुसार १० वटै स्थानीय तहमा बालबालिकाहरुलाई विद्यालयमै खोप लगाउने व्यवस्था मिलाईएको छ ।

उनले भनेः हामीले २ सय भन्दा माथि विद्यार्थी रहेको विद्यालयलाई खोप केन्द्र बनाएर खोप लगाउने तयारी गरेका छौ । २ सय भन्दा कम विद्यार्थी भएको विद्यालयलाई नजिकको विद्यालयमा ल्याएर खोप लगाउने तयारी गरेका छौ ।

उनले विद्यालय नगएका छुट भएका बालबालिकाहरुलाई स्वास्थ्य संस्थाबाट खोप लगाउन मिल्ने वातावरण व्यवस्था गरिएको बताए । उनका अनुसार जिल्लामा १२ वर्ष देखि १७ वर्षसम्म खोप लगाउने लक्षित बालबालिकाको संख्या करिब ५५ हजार रहेका छन् ।

उनले बालबालिकाहरुको लागि ५५ हजारनै खोप आएको बताए । उनले खोप लगाउने कार्यक्रम भोलि मंसिर ४,५ र ६ गते तीन दिन अभियान चल्ने र बाँकी छुटफुट भएकालाई स्थानीय तहले १३ गते सम्म चलाउन सकिने बताए ।

जिल्लामा हालसम्म १ लाख ५८ हजार ५५ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् ।

जिल्लामा हालसम्म १५ हजार ५३२ जनामा कोरोना पुष्टि हुँदा १५ हजार २६१ जनाले संक्रमणलाई जितिसकेका छन् ।

जिल्लामा हाल ४१ जना मात्र सक्रिय संक्रमित रहेका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १६७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यलयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*