मकवानपुरमा १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई खोप

हेटौंडा । मकवानपुरको १० वटै स्थानीय तहमा आजबाट १२ वर्ष देखि १७ वर्षसम्मको बालबालिकाहरुलाई कोरोना भाइरस (कोभिड) विरुद्धको मोडर्ना खोप लगाईने भएको छ ।

जिल्ला स्वास्थय कार्यलय मकवानपुर अनुसार १० वटै स्थानीय तहमा बालबालिकाहरुलाई विद्यालयमै खोप लगाउने व्यवस्था मिलाईएको छ ।

विद्यालय नगएका छुट भएका बालबालिकाहरुलाई स्वास्थ्य संस्थाबाट खोप लगाउन मिल्ने वातावरण व्यवस्था गरिएको छ ।

कार्यलयका अनुसार जिल्लामा १२ वर्ष देखि १७ वर्षसम्म खोप लगाउने लक्षित बालबालिकाको संख्या करिब ५५ हजार रहेका छन् ।

बालबालिकालाई खोप लगाउने कार्यक्रम आजबाट ४,५ र ६ गते तीन दिन अभियान चल्ने र बाँकी छुटफुट भएकालाई स्थानीय तहले १३ गते सम्म चलाउन सक्ने स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसैबिच आजबाट जिल्लामा बालबालिकाहरुलाई लगाईने मोडर्ना खोपको उद्घाटन नेपाल सरकारका स्वास्थ्य मन्त्री विरोध खतिवडाको प्रमुख आतिथ्यतामा हेटौंडाबाट सुरु गरिने कार्यलयले जनाएको छ ।

आईतबार बिहान १० बजे हेटौंडा(४ स्थित भुटनदेवी स्कुलमा उक्त खोपको उद्घाटन गर्ने कार्यक्रम रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*