मकवानपुर प्रहरीद्वारा गाँजा र अफिम खेती नष्ट

हेटौंडा । मकवानपुर प्रहरीले जिल्लाको एक गाउँपालिकामा ३३ विगाहमा लगाइएको लागुऔषध गाँजा र १९ विगाहमा लगाइएको अफिम खेती फडानी गरेको छ ।

राक्सिराङ गाउँपालिकाको दुई वटा गाँजाखेती र अफिम खेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र बागमती प्रदेश प्रहरी दंगा नियन्त्रण प्रहरी गणबाट संयुक्त खटिएका ६० जनाको प्रहरी टोलिले राक्सिराङ वडा नंबर ४ र ५ को विभिन्न स्थानमा लागाइएको गाँजा तथा अफिम खेती फडानी गरेको हो ।

प्रहरीले राक्सिराङ ५ को धुर्सिङ, निबुटार र लाइसीराङमा लगाईएको ८ बिगाहा लागुऔषध गाँजा खेती फडानी गरी नष्ट गरेको छ ।

प्रहरीले टोलीले पुस १ गतेबाट शनिबारसम्म ३३ बिगाहामा लगाएको लागुऔषध गाँजा र १९ बिगाहामा लगाएको अफिम खेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*