भीमफेदीमा अनावरणको लागि राखिएको सालिक चोरी

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा अनावरणको लागि राखिएको एक सालिक चोरी भएको छ ।

भीमफेदी गाउँपालिका वडा नंबर ६ स्थित ज्योति पुस्तकालय परिसरमा अनावरणका लागि राखिएको लेखक तथा श्रष्टा गणेशलाल श्रेष्ठको सालिक गएराति चोरी भएको गाउँपलिका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष लामाले श्रष्टाको सम्मानस्वरुप गर्न लागिएको कार्यमा अवरोध पुर्याउने जो कोही भएपनि कारबाहीको दायरामा ल्याइने बताएका छन् ।

सामाजिक संजालमा लेख्दै अध्यक्ष लामाले भनेका छन् : अपराधीको रंङ र जात हुदैन अपराधी समाजको ऐजेरु हो । स्रष्टा रास्ट्रका गहना हुन कुनै जात , धर्म र समुदायको पेवा हुदैन ।भीमफेदीमा जन्मनु भएका रास्ट्रले चिनेका दुई थुङ्गा फुलका लेखक मकवानपुरका प्रतिभा गणेश लाल श्रेष्ठको अर्ध कधको शालिक आज अनावरण गर्ने कार्यक्रम तय भएको थियो ।अपराधिक मानसिकता बोकेका र यो कार्यक्रम अबरोध गर्ने उदेश्यका साथ शालिक चोरी भएको घटना वाट अत्यन्तै दुखित भएको छु अपराधिक काममा संलग्न र घट्ना घटाउन लाग्ने जो कोहीलाई कानुनी कारबाहीको लागी सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराउदछु ।

आज सालिक अनावरण कार्यक्रम रहेको थियो । शालिक चोरी भएपछि अनावरण कार्यक्रम नहुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*