मकवानपुरमा चोरी भएको सालिक भेटियो

हेटौंडा । अनावरण नहुदै चोरी भएको मकवानपुरका लोक कवि गणेशलाल श्रेष्ठको शालिक फेला परेको छ । मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी बजारमा बनाइएको मकवानपुरका लोक कवि गणेशलाल श्रेष्ठको अर्धकदको सालिक शनिबार राति चोरी भएको थियो ।

चोरी भएको शालिक भीमफादी–६ चिसापानी पुल नजिक फोहोर फाल्ने स्थानमा फेला परेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन । शालिकलाई ईलाका प्रहरी कार्यालय भीमफेदीमा सुरक्षित राखिएको जनाइएको छ । कवि श्रेष्ठको आइतबार विहान प्रतिमा अनावरण गर्ने कार्यक्रम रहेको थियो । हराएको शालिकको प्रहरीले खोजी कार्य गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*