एमसीसी विरुद्ध हेटौंडामा प्रदर्शन

हेटौंडा । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरुद्ध बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदर्शन गरिएको छ ।

आज मंगलबार दिउँसो हेटौंडाको सिमाचोकमा नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेकपा मकवानपुर, नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुर,नेकपा मसाल मकवानपुर,देशभक्त जनगणतान्त्रिक मोर्चा मकवानपुर र राष्ट्रिय जनसरोकार मंच नेपाल मकवानपुरको संयुक्त आयोजनामा एमसीसी खारेजीको माग राख्दै प्रदर्शन भएको हो ।

प्रदर्शनमा उल्लेखनिय विद्यार्थीहरुको सहभागिता रहेको थियो । उनिहरुले नो एमसीसी,रिजेक्ट एमसीसी,राष्ट्रिघाती एमसीसी खारेज गर लगाएतको प्ले कार्ड बोकेका थिए ।

प्रदर्शनलाई विप्लव मकवानपुरका ईन्चार्ज नयन र नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुरका इन्चार्ज सागरले सम्बोधन गरेका थिए । उनिहरुले एमसीसी राष्ट्रहित नभएको भन्दै सरकारलाई एमसीसी फिर्ता गर्न आग्रह गरेका छन् ।

उनिहरुले सरकारले एसीसी सम्झौता प्रक्रिया अगाडी बढाए कडा अन्दालन गर्ने चेतवनी समेत दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*