देशभर चिसो बढेसंगै तराईमा शीतलहर
काठमाडौं । देशभर चिसो बढेसंगै तराई क्षेत्रमा शीतलहर चल्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनदेखि बिहान बेलुका अत्यधिक चिसो हुने र दिउँसो सुक्खा हावा चल्ने मौसमी चक्र चलिरहेको छ । पश्चिमी वायु पूर्ण रूपले सक्रिय नहुँदा वर्षा हुन सकेको छैन छ ।
शीतलहरबाट स्थानीय जनजीवनमा पर्ने असर कम गर्न सरकारले शीतलहर विरुद्धका प्रतिकार्य योजनाहरु कार्यान्वयन गर्नुपर्ने सिफारिस पनि गरिएको छ ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रतिकार्य योजना प्रदेश, स्थानीय र जिल्ला प्रशासन कार्यालयलाई कार्यान्वयनका लागि सिफारिस गरेको हो ।
महाशाखा आफैँले पनि शीतलहरका बेला सचेतनामूलक कार्यक्रम तथा रेडियो कार्यक्रम सञ्चालन गरिरहेको छ । शीतलहरबाट स्थानीय समुदायलाई जोगाउनका लागि दाउरा तथा न्यानो कपडा वितरण गर्ने तयारी थालिएको छ ।