हेटौंडा – ९ मा टिपरले मोटरसाईकललाई ठक्कर दियो, २ जना घाईते

हेटौंडा । पूर्व पश्भिम राजमार्ग अन्तर्गत हेटौंडा – ९ को हनुमानगेट नजिक टिपरले मोटरसाईकललाई ठक्कर दिएको छ ।

उक्त दुर्घटनामा दुई जना घाईते भएका छन् । उनिहरुलाई उपचारको लागि हेटौंडा अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएपछि स्थानीयले सडक अवरोध गर्दा सवारी जाम भएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासका अनुसार सडक जाम खुलाउने प्रयास भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*