भारतमा अदालतभित्र बम विस्फोट हुदा २ जनाको मृत्यु

पन्जाब – भारतमा पन्जाब प्रान्तको लुधियाना सहरमा अवस्थित एउटा अदालतभित्र बम विस्फोट भएको छ। बिस्फोटमा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन्।

स्थानीय समयअनुसार बिहीबार दिउँसो करिब साढे १२ बजे अदालतको बाथरुममा विस्फोट भएको थियो।

विस्फोटबाट अदालत भवनको भित्ता भत्किएको छ। विस्फोटलगत्तै प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ।

सो अदालत लुधियाना सहरको मुटुमा रहेको डिस्ट्रिक्ट कमिसनरको कार्यालयनजिक पर्छ। अदालतमा कसले विस्फोट गराएको भन्नेबारेमा केही खुलाइएको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*