हेटौंडाको बजार क्षेत्रमा फूल रोप्ने अभियान जारी

हेटौंडा । हेटौंडाको मुख्य बजार क्षेत्रमा गमलासहितको फूल रोप्ने अभियान चलिरहेको छ । बजार क्षेत्रका सडक फराकिला बनाउने, नाली र पेटी निर्माण गर्ने र सडकपेटीमा गमलासहितको फूलका विरुवा रोप्ने अभियानले तिब्रता पाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ शिद्धार्थरोडको पेटीमा आज गमलासहितको विरुवा रोपीएको छ ।

हेटौंडाका बिभीन्न सडकका पेटीमा फुलका विरुवा रोप्ने अभियान अनुसार शिद्धार्थ रोडमा गमलासहितको बृक्षारोपण गरिएको मेयर हरि बहादुर महतले बताउनुभयो । पहिले सडक पेटीमा फूलका विरुवा रोप्दै आएको भएपनि अहिले भने गमलामा राखेर विरुवा रोप्ने कामलाई तिब्रता दिइएको मेयर महतको भनाई छ ।

शिद्धार्थ रोडमा एक सय ५६ वटा गमलामा फूलका बिरुवा रोपीएको हो । हेटौंडाका मुख्य बजार क्षेत्रका सडकपेटीमा फुलले ढाक्दै गएको छ । यो अभियानलाई अहिले भने झनै तिब्रता दिइएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*