चितवन राष्ट्रिय निकुञ्जमा ५ महिनामा १९ गैँडा मरे

काठमाण्डौ  –  चितवन राष्ट्रिय निकुञ्जमा साउन महिनायता १९ गैँडा मरेका छन् ।

मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अरु कालगतीले नै मरेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षको साउनमा छ, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मङ्सिरमा पाँच र पुसमा दुई गैँडा मरेका छन् । साउन १२ गते माडीको घाघर क्षेत्रमा भेटिएको मृत गैँडा र असोज ११ गते धोवा क्षेत्रमा फेला परेको गैँडा सिकारीले मारेको आशङ्का गरिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा ३३ वटा गैँडा मरेको तथ्याङ्क छ । पछिल्लो गणनाअनुसार नेपालमा ७ सय ५२ गैँडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ वटा पाइएको थियो ।

गैँडाको सङ्ख्या धेरै भएकाले पछिल्ला वर्ष प्राकृतिक कारणबाट मर्नेको सङ्ख्या बढेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*