हेटौंडामा लागूऔषध गाँजासहित दुई जना पक्राउ

हेटौंडा । हेटौंडामा लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका(१५ रातोमाटेबाट ३० किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषा नगराईन नगरपालिका(२का ३४ वर्षीय सुबोध मण्डल र पर्सा पटेरवा सुगौली गाउँपालिका(३का ३९ वर्षीय मुकेश राउत थारु रहेका प्रहरीले जनाएको छ ।

हेटौंडाबाट वीरगंजजाँदै गरेको एनएल ०१ सी ३६५४ भारतीय नम्बर प्लेटको गाडीलाई चेकजाँच गर्ने क्रममा ३ वटा पोकामा गाडीको सिटमुनि लुकाई ल्याएको गाँजासहित गाडी चालक मण्डल र सवार थारुलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि आवश्‍यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*