दियालो सहकारीको ७ औं बार्षिक साधारणसभा सम्पन्न,अध्यक्षमा दिपक बर्तौला निर्विरोध

१० पौष,हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दियालो बचत तथा ऋण सहकारी संस्थाको ७ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शिवराज बर्तौलाको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिब बिरेन्द्र ढुंगानाको प्रमुख आतिथ्यता साथै हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राम कुमार पुडासैनीको विशिष्ट आतिथ्यता रहेको थियो । ६ सय ३१ जना सदस्य आबद्ध रहेको सहकारीकोे आर्थिक बर्ष २०७७÷०७८ को असार मसान्त सम्म शेयर पूँजी ५२ लाख, निक्षेप २ करोड हाराहारी र ऋण लगानी २ करोड ५० लाख रहेको प्रतिवेदन मा उल्लेख छ ।

संस्थाको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष बर्तौला,आर्थिक प्रतिवेदन कोषाध्यक्ष दीपक बर्तौला र लेखा समिति संयोजक अनिल पाठकले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनलाई अनुमोदन गरेका थिए ।

कार्यक्रममा जेष्ठ नागरिक शेयर सदस्यमा मिठ्ठु माया थापा मगर एकल महिला शेयर सदस्य गिता श्रेष्ठ,देब कुमारी लामा,उत्कृष्ट ऋणीतर्फ सृजना भ्लोन,उत्कृष्ट बचतकर्ता सुनिता पाठक,सन्त बहादुर नेपाललाई सम्मान गरिएको थियो । यसैगरि संस्थाले संचालन गरेको दुग्ध केन्द्रमा अधिकतम दुध बिक्री गर्ने दिलसरा डाँगीलाई सम्मान गरेको थियो ।

कार्यक्रममा हेटौंडा–१९ मा रहेको मनकामनामाई बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हरिवंश भेटवाल,राजदेबि बहुद्देश्य साकोसको प्रतिनिधी,परिबर्तन महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष सविना विडारी,दिव्यतारा बचत तथा ऋण सहकारी संस्था सान्नाटार शाखाका राजु घले,दिपज्योति महिला बचत तथा ऋण सहकारी संस्थाको प्रतिनिधी, साना किसान सहकारी संस्थाका प्रतिनिधी ,स्थानिय विधालयका प्रतिनिधी,आमा समुह,प्रहरी पोष्टका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

संस्थाको अध्यक्षमा बर्तौला निर्विरोध

साधारण सभाबाट दिपक बर्तौला अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन । सभाले ७ सदस्यीय नँया कार्य समिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा भवानी बस्ताकोटी,सचिवमा दिपक सिवाकोटी,कोषाध्यक्षमा पशुपति नहर्की,सदस्यहरु अनिल पाठक,सुस्मा दुलाल,दल बहादुर थापा मगर चयन भएका छन । त्यस्तै लेखा समितिमा पुरुषोतम न्यौजानेको संयोजकत्वमा सरिता शाहि र देवी कुमारी थिङ सदस्य रहेका छन । शिक्षा उप–समितिमा दल बहादुर थापा संयोजक रहेका छन । सभाले पशुपति नहर्कीको संयोजकत्वमा ३ सदस्यीय ऋण उप–समिति चयन गरेको छ । सभाले शिबराज बर्तौलालाई बरिष्ठ सल्लाहाकार चयन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*