मकवानपुरे पत्रकार जि न्यौपाने राष्ट्रपति भण्डारीबाट सम्मानित

हेटौंडा । मकवानपुरले पत्रकार गोबिन्द प्रसाद न्यौपाने (जि न्यौपाने) राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भएका छन् ।

मकवानपुरमा रहेर दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका न्यौपाने शनिबार राष्ट्रिय ख्रिष्टियन महासंघले काठमाण्डौमा आयोजना गरेको कार्यक्रमकाबीच राष्ट्रपति भण्डारीबाट सम्मानित भएका हुन् ।

पत्रकारिता क्षेत्रबाट समाज रुपान्तरणमा पुर्‍याएको योगदानको कदर गर्दै न्यौपानेलाई सम्मान गरिएको महासंघले जनाएको छ ।

न्यौपानेले हेटौंडाबाट प्रकाशित हुने पत्रपत्रिका,रेडियो र अनलाईनमा विभिन्न जिम्मेवारीमा रहेर काम गरिसेकका छन् ।

न्यौपानले हेटौंडा स्थित क्रियशन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकमको संस्थापक व्यवस्थापक भएर पनि काम गरिसकेका छन् । न्यौपाने हाल लोकखबर अनलाइन साथै रेडियो अनमोलमा पनि आबद्ध छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*