हेटौंडाका एक बालक दुई दिनदेखि बेपत्ता

हेटौंडा । हेटौंडामा एक बालक दुई दिनदेखि बेपत्ता भएको छ । बेपत्ता हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ९ सिमेन्टरोड बस्ने १४ वर्षीय सुमित भण्डारी रहेका छन् ।

परिवारका अनुसार सुमिता शनिबार दिउँसो साथीको घर जान्छु भनेर निस्किएका थिए । उनले एस एण्ड एस सप्लायर्स नंबर प्लेट अंकित इ–स्कुटर पनिसंगै लिएर गएको आफन्तले जानकारी दिएको छ ।

सुमित हराएपछि परिवारले खोजी गरिदिन प्रहरीचौकीमा निवेदन समेत दिएका छन् । बेपत्ता बालकलाई भेटाउनु हुनेले नजिकेको प्रहरी चौकी वा ९८५५०३१५८८ र ९८०११३१८८८ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*