बकैयामा कौडा खेलिरहेका ८ जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले जिल्लाको बकैया गाउँपालिकामा कौडा खेलिरहेका ८ जनालाई नगद ६७ हजार ६ सय ३५ रुपैयाँ सहित पक्राउ गरेको छ ।

आईतबार दिउँसो गाउँपालिकाको वडा नंबर बैरुङ्दमारस्थित खुल्ला चौरमा कौडा खेलिरहेको अवस्थामा ३६ वर्षीय दावा लामा बम्जनसहित ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चौरमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फापरबारी,वडा प्रहरी कार्यालय हेटौंडा र प्रहरी चौकी हात्तिसुँडेबाट खटिएको प्रहरीले उनीहरुलाई कौडा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु माथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*